`

विदेशी सहायता सहयोग राष्ट्रको आवश्यकताका आधारमा खर्च गर्नुपर्छ : सभामुख घिमिरे

Nepal One HD ६ पुष २०८० १४:५०
राजनीति

काठमाडौँ / प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले विदेशी सहायता सहयोग राष्ट्रको आवश्यकताका आधारमा खर्च गर्नुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित नेपालमा वैदेशिक सहायताको प्रभावकारीता विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले जनताको पहुँचमा राष्ट्रको आवश्यकताका आधारमा विदेशी सहायता खर्च गर्नुपर्ने बताएका हुन् । उनले विदेशी संघसंस्थाहरुको उद्देश्य पूरा गर्नका लागि छिटो खर्च गर्ने परिपाटीले कुनै पनि काम प्रभावकारी नहुन नसक्ने जिकिर गरेका छन् ।

विदेशी सहायता सहयोग सरकारमार्फत संसदमा पेश गर्ने र जनप्रतिनिधि संस्था संसदबाट त्यसको प्रयोगको छलफल गर्दै कार्यान्वयनमा लैजानुपर्ने उनले बताए । उनले वैदेशिक सहायता परिचालनको अनुगमन र निगरानी पनि संसदले गर्नुपर्ने धारणा राखेका छन् । उनले बिमानस्थल निर्माणमा ध्यान दिए पनि सहज रुपमा प्रयोगमा ध्यान दिन नसकिएको बताए । विदेशी सहायताको जानकारी जनतालाई जानकारी गराए पारदर्शी हुने समेत उनले बताए ।


प्रतिक्रिया