`

माछापुच्छ्रे बैंकको सिइओमा सन्तोष कोइराला दोहोरिए

Nepal One HD ६ पुष २०८० १६:११
अर्थ समाचार

काठमाडौ । माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष कोइराला पुनः नियुक्त भएका छन् । उनलाई संचालक समितिको बैठकले अर्को कार्याकालका लागि पनि नियुक्त गर्ने निर्णय गरेको हो । कोइरालाले थप चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्नेछन् ।

साढे २ दशक भन्दा लामो व्यावसायिक अनुभव बटुलेका कोइराला छोटो समयमा उल्लेख्य प्रगति हासिल गर्ने बैंकरको रुपमा परिचित छन्। कोइरालाको पहिलो कार्यकालमा बैंकले वित्तीय सूचाकांकमा उल्लेख्य सुधारसहित डिजिटल प्रविधिमा फड्को मार्दै संस्थागत सुशासनमा अब्बल सावित हुन सफल भएको दावी गरिएको छ ।


प्रतिक्रिया