`

कांग्रेसको बागमती प्रदेश सम्मेलन शनिबार काठमाडौंमा

Nepal One HD ६ पुष २०८० १७:१९
राजनीति

काठमाडौँ / नेपाली कांग्रेस बागमती प्रदेशको पहिलो प्रदेश सम्मेलन शनिबार काठमाडौंमा हुने भएको छ ।

कांग्रेस बागमती प्रदेशले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पुस ७ गते शनिबार हुने प्रदेश सम्मेलनको सभापति शेर बहादुर देउवाले उद्घाटन गर्ने जानकारी दिएको हो । सम्मेलनमा विधान बमोजिम ७८२ जना प्रदेश सम्मेलन प्रतिनिधि तथा बागमति प्रदेशभित्रका कांग्रेस सांसद, क्षेत्रिय सभापति लगाएतको सहभागीता हुने बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा सभापति बानियाँले प्रादेशीक संरचना पहिचान र प्रतिष्पर्धा भएकाले प्रदेशबाटै नेतृत्व जन्मने बताउनुभयो । उहाले मुलुकको संविधानपछि पार्टीको बिधानलाई परिमार्जन गर्न आयोजना गर्न लागि नीति सम्मेलनलाई आवश्यक सुझाव प्रदेशले दिने जिकिर गर्नुभयो । अहिले प्रदेशले काम गर्न नपाउदा प्रदेश नै आवश्यक नरहेको हो की भन्ने आवाज उठेको अवस्थामा परिवर्तित अवस्था अनुसार कानूनलाई परिमार्जन गर्नुपर्ने उहाले बताउनुभयो ।

त्यस्तै बानियाँले निर्वाचन प्रणालीका बारेमा पनि बहस हुन जरुरी रहेको बताउनुभयो । त्यस्तै उहाले बिधानमा नै उमेर समूहको प्रतिनिधित्वको बारेमा स्पष्ट व्यवस्था राख्नुपर्ने धारणा राख्नुभयो । सम्मेलनमा राजनीतिक, साङ्गठानिक र आर्थिक प्रतिवेदन पेश हुने बताइएको छ ।


प्रतिक्रिया