`

राजनीतिमा गिजोलिएको एनसेल सेयर खरीदबिक्री प्रकरण: के हो त वास्तविकता ? (भिडियो अन्तरवार्ता)

Nepal One HD ८ पुष २०८० १७:२८
अर्थ समाचार

काठमाडौ । नेपालको निजी टेलिकम्युनिकेशन सेवा प्रदायक एनसेल सेयर खरिदबिक्री प्रकरणले नेपालको राजनीतिक बढी नै तरंगित बनेको छ । आजियाटा युकेले एनसेलमा रहेको आफ्नो ८० प्रतिशत सेयर युकेकै कंपनी इस्पेक्ट्रोलाईट युकेलाई ६ अर्ब ६० करोड रुपैयाँमा बिक्री गरेपछि यसको बैधानिकता र कर भुक्तान प्रकृयालाई लिएर सर्बत्र बहस सुरु भएको छ ।
यद्यपी, युकेमा दर्ता भएको आजियाटा युकेको माउ कंपनी मलेसियास्थित एनसेल आजियाटाले एनसेलमा ८० प्रतिशत सेयर रहेको आजियाटा युके कंपनी नै इस्पेक्ट्रोलाईट युकेलाई बिक्री गरेको हुँदा नेपालको कानुन प्रभावित नहुने दावी गर्दै आएको छ ।
नेपालको कानुन अन्तरगत पुरा गर्नुपर्ने सबै प्रकृया पुर्याउन तयार रहेको इस्पेक्ट्रोलाईट युकेले स्पष्ट पारेको छ ।
एनसेल सेयर खरीदबिक्री प्रकृया, यसका कानुनी पाटा र जबरजस्त गिजोलिएको एनसेल प्रकरणले आगामी दिनमा नेपालको वैदेशिक लगानीमा पर्नसक्ने प्रभाव लगायतका विषयमा हामीले वरिष्ठ अधिवक्ता प्राध्यापक डा. गान्धी पण्डितसंग कुराकानी गरेका छौं ।


प्रतिक्रिया