बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक
राजनीति
काठमाडौ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ । बैठकले शुक्रबार बालकुमारीमा भएको प्रदर्शनमा दुई जनाको मृत्यु भएको विषयमा जानकारी र पीडित परिवारलाई राहत तथा क्षतिपूर्तिको निर्णय गर्ने बताइएको छ ।
आजै बालुवाटारमै प्रधानमन्त्री, गृहमन्त्री र सुरक्षा निकायका प्रमुखरहरूको बैठकले मृतकका परिवारलाई १० र १० लाख दिने सहित प्रहरी अधिकारीको निलम्बन र कर्मचारीलाई कारवाही गर्ने निर्णय गरेको थियो । मन्त्रिपरिषद्को बैठकले यी निर्णयलाई औपचारिकता दिनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
