`

जनमतका अध्यक्ष राउतसहित ४० जनाभन्दा बढी प्रहरीको नियन्त्रणमा (भिडियो सहित)

Nepal One HD १६ पुष २०८० १३:४०
राजनीति

काठमाडौ । धोती दिवस मनाउन माइतीघरको निषेधित क्षेत्रमा पुगेका जनमत पार्टीका अध्यक्ष सीके राउत लगाएत केहिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । धोती दिवस मनाउन माइतीघरमण्डल गएका बेला निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले राउत लगाएत ४० भन्दा बढिलाई नियन्त्रणमा लिएको हो । धोती पहिरनसहित उनीहरु राष्ट्रिय धोती दिवसको व्यानरमा माइतिघरमा भेला भएका थिए ।

माइतिघरमा प्रदर्शनका लागि भेला भएपछि प्रहरीले माइकिङ गरेर निषेधित क्षेत्रबारे जानकारी गराएको थियो । तर, एक समूह बबरमहलबाट माइतिघर आएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । धोती दिवस मनाउन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी समेत माइतिघर पुगेकी थिइन् ।


प्रतिक्रिया