`

राष्ट्रियसभाको उम्मेदवार चयन गर्न एमालेले बोलायो सचिवालय बैठक

Nepal One HD १८ पुष २०८० १८:३१
राजनीति

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका उम्मेदवार तय गर्न नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले शुक्रबारका लागि सचिवालय बैठक बोलाएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले जानकारी दिए ।

बैठकले राष्ट्रियसभा सदस्यको उम्मेदवार चयन, मध्यपहाडी संकल्प यात्राको समीक्षा, आगामी कार्यक्रमलगायतबारे छलफल गर्ने सूची छ । निर्वाचन आयोगले यही पुस २३ गते उम्मेदवारी मनोनयन गर्ने कार्यसूची राखेको छ ।


प्रतिक्रिया