`

सिंहको नाम मतदाता नामावलीमा नभएपछि मधेशमा एमालेले झालाई बनायो उम्मेदवार

Nepal One HD २३ पुष २०८० १४:३३
प्रमुख खबर

धनुषा । नेकपा एमालेको मधेश प्रदेशमा राष्ट्रियसभा सदस्य पदका उम्मेदवार अर्जुन सिंहको नाम मतदाता नामावलीमा नभएपछि उम्मेदवार परिवर्तन गरेको छ । सिंहको मनोनयन नभएपछि एमालेले विजेता झालाई उम्मेदवार बनाएको एमाले नेता सरोज यादवले जानकारी दिए ।

मतदाता नामावलीमा नाम नरहेको शंका लागेपछि एमाले नेताहरूसहित सिंह जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालय पुगेका थिए। त्यहाँ मतादाता नमावालीमा नाम नरहेकाले उम्मेदवारी दर्ता गर्न नमिल्ने भनेर निर्वाचन कार्यालयले उनलाई फर्काइदिएको हो । झा गत स्थानीय तहको निर्वाचनताका कांग्रेस परित्याग गरी एमाले प्रवेश गरेकी थिइन् ।


प्रतिक्रिया