पुँजी बजार सुधारलाई समग्र अर्थतन्त्रसँग जोड्न शंकर पोखरेलको सुझाव
नेकपा एमाले
काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले लगानी, उद्यम र व्यापारमैत्री वातावरण सुनिश्चित नगरी पूँजी बजारमा सुधार सम्भव नहुने बताएका छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले पूँजी बजार सुधारका लागि छुट्टै कार्ययोजना बनाएर मात्रै नहुने बताएका हुन्।
‘पूँजी बजार सुधारको छुट्टै कार्ययोजनाको तबसम्म कुनै अर्थ हुँदैन, जबसम्म यसलाई समग्र अर्थतन्त्रको सुधारसँग जोडिँदैन,’ उनले लेखेका छन्।
पोखरेलले देशका अर्थमन्त्रीको ध्यान एकाङ्गी योजनामा भन्दा समग्र अर्थतन्त्रको पुनर्संरचनामा केन्द्रित हुनुपर्नेमा जोड दिएका छन्। समग्र अर्थतन्त्र चलायमान नभएसम्म पूँजी बजार उकालो लाग्न नसक्ने उनको भनाइ छ।
‘लगानी, उद्यम र व्यापारमैत्री वातावरणको सुनिश्चितताबिना पूँजी बजारमा सुधार असम्भव छ,’ पोखरेलले भनेका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
