`

भिमाद जिप दुर्घटना : मृत्यु हुनेको सङ्ख्या दुई पुग्यो

Nepal One HD २५ पुष २०८० १३:२७
प्रमुख खबर

दमौली / तनहुँको भिमाद नगरपालिका–५ र ३ को सिमाना सुनाकोटमा आज भएको जिप दुर्घटनामा मृतकको सङ्ख्या दुई पुगेको छ । पोखराबाट पाल्पाको रामपुर जाँदै गरेको ग१ज ६३५६ नंको जिप दुर्घटना हुँदा त्यसमा सवार दुईजनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार नवलपुरको बौदीकाली गाउँपालिका–२ का ४२ वर्षीय रुमबहादुर विक र डेढगाउँका ५५ वर्षीय जेमलाल दरैको मृत्यु भएको हो ।

सडकबाट अन्दाजी एक सय ५० मिटर तल खसेको जिपमा सवार दुवै जनालाई घाइते अवस्थामा उपचारका लागि जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्र पठाइएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा दशजना घाइते भएका छन् ।


प्रतिक्रिया