स्वास्थ्यमन्त्रीको दुखेसो– ‘राम्रो गर्न खोज्दा विरोध भयो’


काठमाडौ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो विरोध हुने गरेको बताएका छन् । शुक्रबार वीर अस्पताल अस्पतालमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रको सुधार गर्न खोज्दा आफ्नो स्वार्थ पूरा गर्न खोज्नेहरुले विरोध गरेको बताए ।
मन्त्री बस्नेतले बीर अस्पतालको खानाको सुविधा पनि बजेट अभावका कारण अर्थले कटौती गरेको भएपनि आफुले कटौती गरेको हल्ला चलाएको धारणा राखे । अक्सिजनको सिलिण्डरमा पनि आफुले अनियमितता गरेको भन्दै भ्रम फैलाएको उनले बताए ।
उनले आफ्नो बारेमा लागेका आरोप पुष्टि भए राजनीतिबाटै सन्यास लिने स्पष्ट पारे । वीर अस्पतालको सुधार गर्दा कसैले विरोध गरे त्यसको प्रतिकार गर्न आफु तयार रहेको उनले बताए । मन्त्री बस्नेतले जटिलरोगहरुका लागि विशेष उपचारको व्यवस्था गर्दै लैजाने बताए । सो अवसरमा मन्त्री बस्नेतले महिलाको स्तन क्यान्सर भए/नभएको परीक्षण गर्ने मेमोग्राफी सेवाको शुभारम्भ गरे । उक्त सेवाबाट ‘थ्रिडी टेक्नोलोजी’सहित परिक्षणको नजिता हेर्न सकिने अस्पतालले जनाएको छ ।