राप्ती नदीमा बस खस्दा पाँच जनाको मृत्यु
प्रमुख खबर
दाङ । नेपालगंजबाट काठमाडौंका लागि छुटेको बस भालुबाङमा पुलबाट राप्ती नदीमा खसेको छ । भे १ ख ३९१२ नम्बरको बस शुक्रबार राति साढे दश बजे राप्ती पुलबाट नदीमा खसेको हो ।
शुक्रबार राति साढे ११ बजेसम्म पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बस पानीमा परेकाले उद्दारमा समस्या भएको छ । बसमा करिब ३७ जना यात्रु रहेका बताइएको छ ।
दुर्घटनामा घाइते भएकाहरुको उद्धार जारी छ । घाइतेहरुलाई भालुवाङ, लमही र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
