`

राष्ट्रियसभा निर्वाचनमा आफ्ना उम्मेदवारहरूलाई जिताउन सत्ता गठबन्धनको अपील

Nepal One HD २९ पुष २०८० १२:०९
प्रमुख खबर

काठमाडौं । सत्ता गठबन्धनले राष्ट्रियसभा निर्वाचनमा गठबन्धनका उम्मेदवारहरूलाई जिताउन मतदातासँग अपील गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन बैठकले राष्ट्रियसभा निर्वाचनबाट गठबन्धनलाई थप बलियो बनाउनुपर्ने निर्णय गरेको हो । बैठकपछि विज्ञप्ति जारी गरी गठबन्धनले आफ्ना उम्मेदवारलाई जिताउन अपील गरेको छ ।

विज्ञप्तिमा भनिएको छ,  ‘राष्ट्रियसभाको निर्वाचन सम्पन्न हुँदै छ। निर्वाचनका लागि गठबन्धनको तर्फबाट प्रस्तुत उम्मेदवार हामी सबैका साझा उम्मेदवार हुन्। राष्ट्रियसभा निर्वाचनको क्रममा हाम्रो गठबन्धनलाई कमजोर गर्ने विभिन्न गतिविधि हुन सक्दछन्। यो निर्वाचन गठबन्धनलाई अझ संगठित र बलियो बनाउँदै देशमा राजनितिक स्थायित्व थप सुनिश्चित गर्ने अवसर पनि हो।’


प्रतिक्रिया