ताइवानलाई स्वतन्त्ररुपमा हेर्नु हुँदैनः प्रधानमन्त्री
प्रमुख खबर
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल ताइवान स्वतन्त्रताको विपक्षमा रहेको बताएका छन् । आइतबार काठमाडौंस्थित चिनियाँ दूतावासले आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा प्रधानमन्त्रीले ताइवानलाई स्वतन्त्ररूपले हेर्न नहुने बताए ।
उनले ताइवान चीनको एक भाग भएको प्रस्ट पारे। उनले भने, ‘ताइवान भनेको चीनको एउटा भाग हो। त्यसलाई स्वतन्त्र रूपले हेर्नुहुँदैन । हामी ताइवान स्वतन्त्रताको विपक्षमा छौं ।’
प्रधानमन्त्रीले नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताए। चीनप्रतिको यो नीति कहिल्यै नबदलिने उनको भनाइ थियो । नेपालका लागि चिनियाँ राजदूत छन् सोङले प्रधानमन्त्री दाहाल चीनको राम्रो साथी भएको बताए। उनले भने,’सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चीनको राम्रो साथी पनि हो। चीन हरदम नेपालको हितमा छ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
