`

इनारमा खसेकी महिलाको २ घण्टा लगाएर उद्दार (भिडियो सहित)

Nepal One HD १ माघ २०८० १५:५२
जीवनशैली/स्वास्थ्य

ललितपुर । इमाडोलमा इनारमा खसेकी एक जना महिलाको उद्दार गरिएको छ । सोमबार बिहान ललितपुरको महालक्ष्मी नगरपालिका इमाडोल कृष्णमन्दिर नजिकै बस्ने न्युतन प्रधान इनारमा खसेकी थिइन् । कपडा सुकाउने क्रममा इनारको स्ल्याबमा टेक्दा खसेकी प्रधानको ललितपुर महानगर, नेपाल प्रहरी र शसस्त्र प्रहरीको टोलीले करिव दुई घण्टा लगाएर उद्दार गरेको हो । उद्दारलगतै उपचारका लागि उनलाई अस्पताल लगिएको थियो ।


प्रतिक्रिया