विपद् जोखिम न्यूननिकरणका लागि नयाँ मोडेल आवश्यकः गृहमन्त्री श्रेष्ठ
राजनीति
काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री नारायकाजी श्रेष्ठले विपद् जोखिम न्युनिकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताएका छन् । २६ औँ राष्ट्रिय भूकम्प दिवसको सन्दर्भमा मंगलबार काठमाडौं महानगरपालिकाले काठमाडौंमा गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले त्यसका लागि मुलुककै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले पहल लिनुपर्ने बताए ।
उनले अन्य स्थानीय पालिकाहरुका लागि समेत अनुकरणीय हुने गरी स्थानीय उत्थानशिलता विकास गर्ने नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरे । उनले महानगरपलिकाले विपद् व्यवस्थापनका लागि गरेको पहल राम्रो भएको बताए ।
गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगरपालिकाले विकटका पालिकालाई गरेको एम्बुलेन्स लगायतको सहयोग तथा जाजरकोट भूकम्पमा गरेको सहयोग र पुर्नर्निमाणमा देखाएको चासोको प्रशंसा गरे ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
