एमालेका केन्द्रीय कमिटीमा मनोनीत ६ सदस्यले लिए शपथ
राजनीति
काठमाडौं । नेकपा एमालेका केन्द्रीय कमिटी सदस्यमा मनोनीत ६ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ केन्द्रीय सदस्यलाई शपथ गराएका हुन् ।
एमाले केन्द्रीय सचिवालय बैठकले प्रदेश कमिटी अधिवेशनअघि अध्यक्षको जिम्मेवारीमा रहेका र एकजना जिल्ला अध्यक्षलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको थियो ।
मनोनीत हुनेमा कोशी प्रदेशका पूर्व अध्यक्ष तुलसी न्यौपाने, मधेश प्रदेशका रामअवतार यादव, बागमतीका केशव पाण्डे, कर्णालीका विनोद शाह र सुदूरपश्चिम प्रदेशका दामोदर भण्डारी छन् । यस्तै झापा अध्यक्ष दीपक कार्कीलाई पनि केन्द्रीय सदस्य मनोनीत गरिएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
