`

पशुपतिको जलहरि अनियमितता प्रकरणमा विशेषले माग्यो सदस्य सचिव थापासँग तीन लाख धरौटी

Nepal One HD २ माघ २०८० १५:३९
समाचार

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरमा चढाइएको जलहरीको सुनमा भ्रष्टाचार भएको प्रकरणमा तत्कालीन सदस्य सचिव डा. मिलनकुमार थापासँग तीनलाख धरौटी माग गरेको छ ।

मुद्दामाथि सुनुवाइ गर्दै विशेष अदालतका न्यायाधीशहरू डा खुसीप्रसाद थारु र रामबहादुर थापाको इजलासले थापासँग तीन लाख रुपैयाँ धरौटी मागेको हो । पशुपतिमा जलहरी चढाउँदा करिब डेढ किलो सुन अनियमितता गरेको आरोप छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरमा जलहरी राख्दा भ्रष्टाचार भएको भन्दै कोषका सदस्य सचिव थापा सहित अघिल्ला सदस्य सचिव डा. प्रदीप ढकाल र विशेष नाइके अरुण श्रेष्ठ विरुद्ध १ करोड १७ लाख रुपैयाँ विगो मागदाबी गरी विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।


प्रतिक्रिया