राष्ट्रपतिद्वारा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्वसम्बन्धी अध्यादेश जारी
प्रमुख खबर
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश २०८० जारी गरेका छन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम राष्ट्रपतिले मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेका राष्ट्रपति कार्यालयले जनाएको छ ।
बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश २०८० जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
