`

हर्क साम्पाङको प्रश्नः एक पाउको ताला देख्ने अदालतले हजारौँ बिरामीले उपचार नपाएको किन देखेन ?

Nepal One HD ५ माघ २०८० २०:५९
प्रमुख खबर

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानास्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगाएको ताला खोल्न उच्च अदालत विराटनगरे दिएको आदेशप्रति असन्तुष्टि जनाएका छन् ।

शुक्रबार सामाजिक संजालमार्फत मेयर साम्पाङले हजारौं बिरामीले उपचार नपाएको नदेख्ने अदालतले आफूले लगाएको सानो ताला देखेको भन्दै असन्तुष्टि जनाएका हुन् । उनले लेखेका छन्, ‘मैले लगाएको स्यानो एक पाउ जतिको ताला देख्ने अदालतले हजारौँ बिरामी उपचार नपाएर चिसोमा बाहिर चौरीमा रुँदै सुतेको र अकालमा मरेको देखन । हो मै हुँ अपराधी मलाई कठघरामा उभ्याउनु किनकी मैले जनताको दुःख बुझ्ने अपराध गरें ! धन्यवाद !’

मेयर साम्पाङले माघ १ गते प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा तालाबन्दी गरेका थिए । उच्च अदालत विराटनगरले स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा बन्द, हड्ताल, तालाबन्दी नगर्न/नगराउन आदेश जारी गरेपछि प्रतिष्ठानका उपकुलपतिको कार्यकक्षमा लगाएको ताला खोलिएको थियो ।


प्रतिक्रिया