महानगरले पार्किङमा रोक लगाएपछि न्युरोडका व्यापारी आन्दोलनमा

अर्थ समाचार

काठमाडौ । काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रको सडकमा पार्किङ गर्न रोक लगाएपछि त्यस क्षेत्रका व्यापारी आन्दोलित बनेका छन् । उनीहरुले महानगरको कदमविरुद्ध सटर बन्द गरेर विरोध जनाएका हुुन् । उनीहरुले वडा कार्यालय पुगेर निर्णय सच्याउन आग्रह गरेका छन् ।
काठमाडौं महानगरपालिकाले मंगलबारदेखि कालोपत्रे सडकमा सवारी पार्किङ गर्न नदिने निर्णय गरेको थियो । जसअनुसार धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोक, खिचापोखरी, महाबौद्ध, वीर अस्पताल लगायत क्षेत्रका सडकमा पार्किङ निषेध गरिएको छ । न्युुरोड क्षेत्रमा पार्किङ निषेध गरिएपछि यसको विकल्पमा काठमाडौं टावरमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको महानगरपालिकाले स्पष्ट पारेको छ ।
यता, व्यापारीले भने नयाँ निर्णयले सवारी आवागमनमा सहजता नहुने र यसले व्यापारमा कमी आउने तर्क अघि सारेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट