भिजिट तथा पर्यटक भिसामा विदेश जाने नेपालीका लागि ट्राभल एडभाइजरी जारी
प्रमुख खबर
काठमाडौं । सरकारले भिजिट भिसामा गएर कुनै मुलुकको सैनिक सेवामा प्रवेश गरे त्यसको जिम्मा स्वयंले लिनुपर्ने स्पष्ट पारेको छ । गृह मन्त्रालयले मंगलबार १३ बुँदे ट्राभल एडभाइजरी जारी गरेको हो ।
पछिल्लो समय भिजिट भिसामा रुस र युक्रेन गई त्यहाँको सेनामा नेपालीहरु भर्ना हुन थालेपछि सरकारले यस्तो बताएको हो। ट्राभल एडभाइजरीमार्फत् त्यसरी विदेशी सेनामा भर्ना हुँदा व्यक्ति स्वयं नै जिम्मेवार हुने उल्लेख छ।
गृहले त्यस्ता मुलुकहरूको पूर्ण जानकारी लिएरमात्र भ्रमण गर्न सुझाव दिएको छ । त्यस्तै भारत र बेलायती सेनामा नेपाल सरकारको स्वीकृतिमा भर्ना हुनेबाहेक अन्य देशका सेना वा सशस्त्र समूहमा भर्ना हुने कार्य पूर्णरूपमा गैरकानुनी र राष्ट्रहित विपरीत रहेको एडभाइजरीमा उल्लेख छ।





प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
