यस्तो छ आजको विदेशी मुद्राको विनिमयदर

अर्थ समाचार

काठमाडौं। बुधबार केही विदेशी मुद्राको विनिमय दर घटबढ भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आज भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ। यस्तै आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ७५ पैसा रहेको छ भने बिक्रीदर १३३ रुपैयाँ ३५ पैसा रहेको छ । युरो एकको खरिददर १४४ रुपैयाँ २१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ८६ पैसा रहेको छ।
त्यस्तै कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५८ पैसा, कुअस्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७१ पैसा रहेको छ।

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट