`

काठमाडौका मेयर बालेनले राष्ट्रियसभा सदस्य निर्वाचनमा मत नदिने

Nepal One HD ११ माघ २०८० १२:१७
प्रमुख खबर

काठमाडौ । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन(ले राष्ट्रिय सभा सदस्यको निर्वाचनमा सहभागि नहुने भएका छन् । राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि बागमती प्रदेशको तर्फबाट राजधानी हेटौंडामा मतदान भइरहे पनि काठमाडौ महानगरपालिकाका प्रमुख बालेन भने काठमाडौमै छन् । उनी काम व्यस्तताका कारण मतदानमा सहभागि हुन नसक्ने उनको सचिवालयले जनाएको छ ।

उपप्रमुख सुनिता डंगोल भने मतदानका लागि हेटौंडा पुगिसकेकी छन् ।


प्रतिक्रिया