`

‘टुरिष्ट गाइड’ एशोसियसनको अध्यक्षमा देवकोटा निर्वाचित

Nepal One HD १२ माघ २०८० ११:०५
अर्थ समाचार

काठमाडौँ ।  ‘टुरिष्ट गाइड’ एशोसियसन अफ नेपाल (टुर्गान)को अध्यक्ष पदमा थानेश्वर देवकोटा निर्वाचित भएका छन् । टुर्गानको गएराति सम्पन्न ३०औँ वार्षिक साधारणसभा तथा निर्वाचनमा अर्को अध्यक्षका प्रत्यासी कुमार पुरीलाई पराजित गर्दै देवकोटा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।

यस्तै महासचिवमा टङ्कप्रसाद दुवाडी, कोषाध्यक्षमा रोहितकुमार फुयाँल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा प्रभालक्ष्मी प्रधानाङ्ग, प्रथम उपाध्यक्षमा शुकदेव सिग्देल, द्वितीय उपाध्यक्षमा उत्तमप्रसाद देवकोटा, सचिवमा माधवराज श्रेष्ठ यसअघि नै निर्विरोध चयन भइसकेका थिए ।

कार्यसमिति सदस्यमा राजेन्द्रराज बज्राचार्य, नारायण बुढाथोकी, रामहरि तिम्सिना र सरस्वती घिमिरे निर्वाचित भएको प्रमुख निर्वाचन अधिकृत रमेश खतिवडाले जानकारी दिए ।


प्रतिक्रिया