प्रतितोला ३ सय रुपैयाँले बढ्यो सुन

अर्थ समाचार

काठमाडौ । सोमबार सुन तथा चाँदीको भाउ बढेको छ । आइतबार प्रतितोला १ लाख १८ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ३ सय रुपैयाँले बढेर १ लाख १८ हजार ३ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
सोमबार चाँदीको भाउ पनि सामान्य बढेको छ । आइतबार प्रतितोला १४ सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ५ रुपैयाामा कारोबार भएको छ । अन्तराष्ट्रिय बजारमा प्रतिऔंश सुनको मुल्य २ हजार ३२ दशमलब नौ एक डलर तथा चाँदीको मुल्य २३ दशमलब शुन्य दुई डलर कायम भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट