`

बाँसबारी छाला जुत्ता जग्गा प्रकरणका आरोपीलाई तीन महिना लामो अनुसन्धानपछि पक्राउ गरिएको सीआईबीको दाबी

Nepal One HD १९ माघ २०८० १५:०३
प्रमुख खबर

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिनासम्बन्धमा लामो समयदेखि अनुसन्धान गरिरहेको बताएको छ । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा व्यवसायी अरुण चौधरी, तत्कालीन अध्यक्ष अजितनारायण सिंह थापा र संजय ठाकुर पक्राउ परेपछि सीआईबीले शुक्रबार पत्रकार सम्मेलन गर्दै यसबारे जानकारी गराएको हो ।

सीआईबीले चौधरी ग्रुपले हडपेको जग्गा प्रकरणसम्बन्धमा तीन महिना लामो अनुसन्धानपछि आरोपितहरूलाई पक्राउ गरेको जानकारी दिएको छ। सीआईबीका अनुसार बाँसबारीको जग्गा व्यक्तिलाई दिनेबारे कुनै सरकारी निर्णय भएको छैन ।

सीआईबीका अनुसार कानुन विपरीत संचालक समितिले आफूलाई फाइदा र तत्कालीन सरकारलाई हानी नोक्सानी गर्ने उद्देश्यले २०४३ साल भदौ १० गते बाँसबारी छाला जुत्ता कारखानाको तर्फबाट कार्यकार्य अध्यक्ष अजित नारायणले अरुण चौधरी समेत संचालक रहेको च्याम्पियन फुटवेयर लिमिटेडको नामक कम्पनी खडा गरेको अनुसन्धानबाट खुलेको छ । सीआईबीले बिहीबार सरकारी जग्गा हडपेको आरोपमा व्यवसायी अरुण चौधरी र बाँसबारी छाला जुत्ताका तत्कालीन अध्यक्ष अजितनारायण सिंह र संजयलाई पक्राउ गरेको थियो।


प्रतिक्रिया