`

श्रीलङ्काले विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने

Nepal One HD १९ माघ २०८० २०:४०
अर्थ समाचार

श्रीलङ्काले वित्तीय क्षेत्र सुरक्षा नेट सुदृढीकरण परियोजनालाई आर्थिक सहयोग गर्न विश्व बैंकबाट १५ करोड अमेरिकी डलर ऋण लिने भएको छ । अर्थ मन्त्रालयले शुक्रबार जनाए अनुसार यो परियोजना विशेष गरी केन्द्रीय बैंकद्वारा प्रबन्धित श्रीलङ्का निक्षेप बीमा योजनामा केन्द्रित हुने बताएको छ।

यस परियोजनाले प्रभावकारी निक्षेप बीमा योजनाका लागि अन्तरराष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुरूप वित्तीय र संस्थागत क्षमतालाई सुदृढ गर्ने लक्ष्य राखेको बताइएको छ । मन्त्रालयले जनाए अनुसार यसले रिजर्भ पनि बढाउनेछ जसले गर्दा भुक्तानी र बैंक रिजोलुसनका दायित्वहरू पूरा गर्न र वित्तीय प्रणालीमा जनताको विश्वास पनि बढ्ने छ ।


प्रतिक्रिया