`

शेयर बजारमा सामान्य गिरावट

Nepal One HD २१ माघ २०८० १५:४२
अर्थ समाचार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से सामान्य अंकले घटेको छ। आइतबार नेप्से ५.३१ अंकले घटेर २०६१.७० विन्दुमा कायम भएको छ ।

आज ३०७ कम्पनीको ९२ लाख ७२ हजार ७८२ कित्ता सेयर ३ अर्ब २१ करोड ६७ लाख २७ लाख २२१ रुपैयाँमा खरिदबिक्री भए। सामान्य अंकले ओरालो लागेको बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो ।

युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। यसैगरी मोलुङ हाइड्रोपावरको ९.४६, समाज लघुवित्त वित्तीयको ८.२०,भगवती हाइड्रोपावरको ६.७८ र किसान लघुवित्त वित्तीयको ६.६७ प्रतिशतले बढेको हो ।

आज महिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर ५.३७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ३३ करोड ५८ करोड बढि मूल्यको सेयर कारोबार भयो ।

आज एसियन लाइफ इन्स्योरेन्स को लिमिटेड र नेपाल इन्फ्रास्टक्चरको १२ /१२ करोड र नगदी ग्रुप र रिडी पावरको ११/११ करोड मूल्य बराबरको सेयर कारोबार भयो । चार उपसमूहको सूचक बढ्दा ९ वटाको सूचक नकारात्मक देखिए। डेभलपमेन्ट बैंक,फाइनान्स,इन्भेस्टमेन्ट र नन लाइफ इन्स्योरेन्सको सूचक बढ्दा अन्य उपसमूहको सूचक घटेको हो।


प्रतिक्रिया