`

ठमेलमा सुतिरहेकै अवस्थामा चिनियाँ पर्यटक मृत भेटिए

Nepal One HD २१ माघ २०८० १८:२०
समाचार

काठमाडौँ, २१ माघ : काठमाडौँको ठमेलमा सुतिरहेकै अवस्थामा एक पर्यटक शनिबार साँझ मृत फेला परेका छन् । मृत्यु हुनेमा चिनिँया नागरिक ४७ वर्षका बाओ ग्वाङ रहेको जिल्ला प्रहरी परिसरका प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । प्रहरी उपरीक्षक ढुङ्गेलका अनुसार ग्वाङ यही माघ १० गतेदेखि ठमेलको नेपालय होम होस्टेलमा बस्दै आएका थिए ।

निजलाई कोठमा सुतिरहेको अवस्थामा मृत फेला परिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो । शवपरीक्षणका लागि महाराजगञ्जस्थित शिक्षण अस्पताल पठाइको ढुङ्गेलले जानकारी दिनुभयो । घटनास्थलमा कुनै प्रमाण फेला नपरेकाले मृत्युको कारण नखुलेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया