संसदको महासचिव नियुक्तिमा राष्ट्रपतिले चलखेल गर्नुभयोः सांसद दाहाल
प्रमुख खबर
काठमाडौं । नेकपा एमालेले संसदको महासचिव नियुक्तिका विषयमा राष्ट्रपति रामचन्द्र पौडेलले चलखेल गरेको आरोप लगाएको छ । सोमबारको राष्ट्रियसभा बैठकमा नेकपा एमालेका सांसद यस्तो आरोप लगाएका हुन् ।
उनले प्रश्न गरे, ‘संसद अधिवेशन सुरु भइसक्दा समेत कार्यवाहक महासचिवबाट काम चलाउनुपर्ने स्थिति कसरी सिर्जना भयो ? हामीले कस्तो राष्ट्रपति पायौं ?संसदको महासचिवमा तपाईको चलखेल किन ?’
उनले राष्ट्रपति सम्मानित पद भएका कारण यसको गरिमालाई कायम राख्न समेत आग्रह गरे । दाहालले सत्ता गठबन्धनको अकर्मण्यताका कारण वर्तमान व्यवस्थालाई कमजोर बनाउने प्रयास भइरहेको आरोपसमेत लगाए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
