`

देशमा भ्रष्टाचार र लुटतन्त्रमात्रै देखिएको राजेन्द्र लिङ्देनको आरोप

Nepal One HD २४ माघ २०८० १४:१९
प्रमुख खबर

काठमाडौँ / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङ्देनले देशमा भ्रष्टाचार र लुटतन्त्र मौलाएको आरोप लगाएका छन् । बुधबार बसेको प्रतिनिधिसभा बैठकमा लिङ्देनले सरकारले सुशासन र प्रगतिका कुरा मात्रै गरेपनि देशमा भ्रष्टाचार र लुटतन्त्रमात्रै देखिएको आरोप लगाएका हुन् ।

मुलुक परिवर्तनमा गएपछि भ्रष्टाचार चरम रुपमा बढेको उनले बताए । उनले एनसेल, टेरामक्स लगाएतमा पनि अनियमितता भएको र जनतालाई ठग्ने काम भएको उल्लेख गरे । लिङ्देनले अहिले मुलुक सीमित राजनीतिक दलका नेताको कैदमा रहेको र देश यही अवस्थामा राखिराख्न नसक्ने बताए ।

उनले मुलकलाई अघि बढाउन नयाँ सम्झौताकासाथ अघि बढ्न सुझाव पनि दिए ।


प्रतिक्रिया