`

माछापुच्छ्रे बैंकले माग्यो सातै प्रदेशमा कर्मचारी

Nepal One HD ६ फागुन २०८० ११:३४
अर्थ समाचार

काठमाडौ । माछापुच्छ्रे बैंक लिमिटेडले कर्मचारी माग गरेको छ । बैंकले सातै प्रदेशका लागि ट्रेनी जूनियर असिस्टेन्ट पदमा ६० जना कर्मचारी माग गरेको हो । बैंकले सातै प्रदेशमा रहेका विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो ।

यस पदका लागि म्यानेजमेन्ट तथा विजनेश विषयबाट कम्तिमा ५० प्रतिशत वा २.५ जिपीएसहित ब्याचलर डिग्री गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । कम्प्युटरसम्बन्धी आधरभूत ज्ञान भएको, ३० वर्ष उमेर नकटेको हुनुपर्नेछ । साथै, स्थानीयलाई प्राथमिकता दिइने बैंकले जनाएको छ ।

ईच्छुक तथा योग्यता पुगेका व्यक्तिले आवश्यक कागजातसहित फागुन ९ गतेसम्म दरखास्त आवेदन दिनुपर्ने बैंकको भनाई छ ।


प्रतिक्रिया