दोस्रो एक दिवसीय क्रिकेट–क्यानडा ११ माथि नेपाल ए को जित

खेलकुद

काठमाडौ । क्यानडा ११ सँगको दोस्रो एक दिवसीय क्रिकेटमा नेपाल ए २ विकेटले विजयी भएको छ । मूलपानी क्रिकेट मैदानमा जितका लागि पाएको २४१ रनको लक्ष्य नेपालले खेल सकिन ५ बल बाँकी छँदा ८ विकेट गुमाएर पुरा गरेको हो ।
पहिलो एक दिवसीयमा नेपाल ४ विकेटले पराजित भएको थियो ।
नेपाललाई जिताउन कप्तान सन्दीप जोरा र बसिर अहमदले अर्धशतकीय पारी खेले । ७४ बलमा सन्दीपले ७ चौका र १ छक्काको मद्दतमा ६६ रन बनाए । यस्तै बसिर ५२ रनमा नट आउट रहे । ओपनर अर्जुन कुमालले ४० रन बनाए भने रसिद खान अर्धशतक प्रहार गर्नबाट ३ रनले चुके ।
यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडा खेल सकिन १ बल बाँकी छँदा २४० रनमा अलआउट भएको थियो । साहब आलमले ३ तथा शेर मल्ल र रसिद खानले समान २ विकेट लिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट