`

सांसदले सरकारलाई सोधे–‘जिवी राई खोई’ ?

Nepal One HD ११ फागुन २०८० १२:२९
अर्थ समाचार

काठमाडौ । सहकारीमा बचतकर्ताको मोटो रकम ठगेर फरार रहेका जिवी राईको खोजी गर्न सांसदले माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा जनता समाजवादी पार्टी (जसपा)का प्रमु सचेतक प्रदीप यादवले जिबी राईको खोजी गरी सहकारी पीडितहरुको बचत फिर्ताको पहल गरिदिन सरकारसँग माग गरेका हुन् ।

बैठकमा बोल्दै उनले विरगंजको सानोपाइला बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक जिबी राई १३५ करोड रुपैयाँ कुम्ल्याएर कार्यालय बन्द गरी फरार भएकोले खोजी गरिदिन सरकारसंग माग गरेका हुन् । सानो पाईला सहकारीमा सर्वसाधारणले जम्मा गरेको रकमबाट ९९ करोड रुपैयाँ कपाली तमसुकको आधारमा विरगंज बाहिरका आसेपासेलाई समेत दिइएको पाइएकोले त्यसको छानविन गर्न पनि उनले माग गरे ।

पोखराको नागरिकले समेत जिबी राईको कारणले दुःख पाएको उल्लेख गर्दै उनले सरकारलाई प्रश्न गरे ‘कहाँ छन् जिबी राई ? सरकारले किन नियन्त्रणमा लिँदैन ?’


प्रतिक्रिया