`

आन्तरिक र बाह्य अर्थतन्त्रको सूचक सुधार्नेगरी बजेट ल्याउँछौं–अर्थमन्त्री (पूर्ण पाठसहित)

Nepal One HD १४ फागुन २०८० १४:१३
अर्थ समाचार

काठमाडौ । सरकारले बाह्य र आन्तरिक अर्थतन्त्रको सूचकलाई एकैचोटी सुधार देखिने गरी आगामी आर्थिक वर्षको बजेट ल्याउने दावी गरेको छ । अर्थमन्त्री डा. प्रकाश शरण महतले आज प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटको सिद्धान्त तथा प्राथमिकता पेश गर्दै आन्तरिक र बाह्य सूचकमा सुधार देखिनेगरी बजेट ल्याउने बताएका हुन् ।
बजेट सार्वजनिक खर्चको प्रभावकारिता बृद्धि गर्न उन्मुख हुने, निर्यात प्रवद्र्धन गरी आयात प्रतिस्थापन, उर्जा कृषि, पर्यटन र सूचना प्रविधिका लागि आवश्यक सार्वजनिक स्रोत निर्माण गर्नेगरी ल्याउने अर्थमन्त्री महतले बताए ।

सरकारले आगामी आवको बजेट कयालेण्डर संसोधन गर्दै ३ महिना अगावै बजेटको प्राथमिकता तथा सिद्धान्त पेश गर्ने व्यवस्था गरेको हो ।


प्रतिनिधिसभामा पेश भएको बजेटको सिद्धान्त तथा प्राथमिकता


प्रतिक्रिया