त्रिकोणात्मक टी–२० आई सिरिज, गर या मरको स्थितिमा नेपाल


काठमाडौ । नेपालले आज त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेल नामिबियासँग खेल्दैछ । बिहान साढे ११ बजे त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा नेपाल र नामिबियाबचिको खेल सुरु हुँदैछ । नामिबियाले पहिलो खेलमा नेपाललाई २० रनले हराएको थियो भने दोस्रो खेलमा नेपाल नेदरल्याण्डससंग २ रनले पराजित भएको थियो ।
त्यसैले पनि नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित निकाल्न आवश्यक छ । आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ । उता नेदरल्यान्ड्स भने नेपाललाई २ रन र नामिबियालाई ५९ रनले हराउँदै शीर्षस्थानमा छ ।
नेपालले भोली नेदरल्यान्ड्ससँग खेल्नेछ । आइतबार नामिबिया र नेदरल्यान्ड्सबीच प्रतिष्पर्धा हुनेछ । नेपालले फाइनलको यात्रा तय गर्न दुवै खेलमा जिज्न आवश्यक छ । नेपाल आज पराजित भएको खण्डमा नामिबिया र नेदरल्यान्ड्स फाइनल पुग्नेछन् ।