त्रिकोणात्मक टी–२० आई सिरिज, टस हारेर नेपाल ब्याटिङमा

खेलकुद

काठमाडौ । त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नामिबियाविरुद्ध पहिले ब्याटिङ गर्दैछ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपूरमा भएको टसमा नामिबियाले जितेर बलिङ रोजेपछि नेपालले ब्याटिङको निम्तो पाएको हो ।
नेपालले आजको खेलमा तीन परिवर्तन गरेको छ । आरिफ शेख, अभिनाश बोहरा र अनिल शाह आज टोलीमा छन् भने ललित राजवंशी, कुशल भुर्तेल र सन्दीप जोरा बाहिर छन् । पहिलो खेलमा नामिबियाले नेपाललाई २० रनले पराजित गरेको थियो । दोस्रो खेलमा भने नेपाल नेदरल्याण्डसंग २ रनले पराजित भएको थियो ।
नेपाल शीर्ष दुईमा रहँदै फाइनल खेल्ने सम्भावना कायमै राख्न आजको खेलमा जित्नैपर्ने दवावमा छ । आजको खेलमा पराजित भएमा नेपाल औपचारिक रुपमै फाइनल दौडबाट बाहिरिनेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट