`

पेशागतकर्ममा अविचलित रहनेमा विश्वस्त छु – प्रधानसेनापति शर्मा

Nepal One HD २५ फागुन २०८० ७:२२
राजनीति

काठमाडौँ – गौरवमय इतिहास रहेको नेपाली सेनाको २६१ औँ स्थापना दिवसका अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले दिनुभएको शुभकामना सन्देशमा स्वदेश तथा विदेशमाकार्यरत सकलदर्जा, अवकाशप्राप्त सैनिक तथा परिवार एवम् नेपाली सेनामा कार्यरत निजामतीकर्मचारीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्नुभएको छ ।

सन्देशमा उहाँले नेपाली सेनाले जस्तोसुकै परिस्थितिमा पनि पेशागत चरित्रबाट विचलित नभई देशको सार्वभौमसत्ता, स्वाधीनता, राष्ट्रिय एकता र भौगोलिक अखण्डताको रक्षार्थ संविधान प्रदत्त एवम् नेपाल सरकारबाट प्राप्त जिम्मेवारी पूरा गर्दै आएको स्मरण गर्नुभएको छ ।

प्रधानसेनापति सैनिक सेवा आत्मसम्मान र देशभक्तिले भरिएको निःस्वार्थ पेशाभएको कुरालाई मनन गर्दै प्राप्त जुनसुकै जिम्मेवारीमा उच्च पेशागत दक्षता प्रस्तुत गर्न सकलदर्जालाई सेना दिवसले प्रेरित गरोस् भन्ने कामना गर्नुभएको छ ।


प्रतिक्रिया