बाबुराम भट्टराई आगामी निर्वाचनमा गोरखा-२ बाट उम्मेदवार बन्ने
प्रमुख खबर
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निर्वाचित भएको गोरखा क्षेत्र नम्बर २ मा आगामी निर्वाचनमा उम्मेदवार बन्ने भएका छन् । बाबुरामका राजनीतिक सहयोगी विश्वदीप पाण्डेले भट्टराई आगामी निर्वाचनमा गोरखा २ बाट उम्मेदवार बन्ने जानकारी दिएका हुन् ।
पाण्डेले भने, ‘नेसपा अध्यक्ष बाबुराम भट्टराई केही अघि लामो अवधि गोरखा यात्रामा हुनुहुन्थ्यो । त्यस क्रममा आफू यसअघिको चुनावमा विजयी भएको निर्वाचन क्षेत्र गोरखा २ का मतदाताहरुसँग वृहत् छलफल भएको थियो । सो क्रममा आगामी निर्वाचनमा उम्मेद्वार नबन्ने निर्णयमाथि पुनर्विचार गर्न आएको सुझावलाई उहाँले स्वीकार गर्नुभएको छ । अब उहाँ २०८४ को निर्वाचनमा गोरखा २ मा उम्मेदवार हुनुहुनेछ ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
