`

पार्टी कार्यालयमै राप्रपाका नेता ठाकुर मोहन श्रेष्ठमाथि हातपात (भिडियो सहित)

Nepal One HD २७ फागुन २०८० १३:२८
प्रमुख खबर

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ठाकुर मोहन श्रेष्ठमाथि हातपात भएको छ । पार्टी कार्यालय, धुम्बाराहीस्थित केन्द्रीय कार्यलयमा अध्यक्ष राजेन्द्र लिंदेनको कार्यकक्षबाट निस्कने क्रममा श्रेष्ठमाथि हातपात भएको हो । लिङ्देनको कार्यकक्षबाट बाहिर निस्किएका उनलाई केही युवाले पछ्याएका थिए । भागेर निस्किन खोजेका उनी ढोकामै कुटिएका हुन् ।

उनलाइृ लखेट्दै आएका युवालाई बुद्धिमान तामाङल, दिपक सिंह लगायतका नेताहरुले छुट्याएका थिए । आक्रमण गर्ने को हुन् भन्ने नखुलेपनि नेता श्रेष्ठले अर्को नेता विक्रम पाण्डेमाथि भ्रष्ट्राचारीको आरोप लगाएपछि सोही रिसमा पाण्डेका समर्थकले हातपात गरेका हुनसक्ने अनुमान छ ।


प्रतिक्रिया