`

माओवादीबाट राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार नारायण दाहाल

Nepal One HD २७ फागुन २०८० २०:२५
प्रमुख खबर

काठमाडौं । माओवादी केन्द्रले नारायण दाहाललाई राष्ट्रिय सभाको अध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको आइतबार बसेको केन्द्रका पदाधिकारीको बैठकले दाहाललाई राष्ट्रिय सभाको अध्यक्षमा उठाउने निर्णय गरेको नेता चक्रपाणी खनालले जानकारी दिए ।
उनी माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का भाइ हुन् ।

पदाधिकारी बैठक राष्ट्रिय सभा अध्यक्षको उम्मेदवार टुंग्याउने विषयमा केन्द्रित रहेको उल्लेख गर्दै खनालले बैठकले दाहाललाई उम्मेदवार बनाउने निर्णय भएको बताए ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले फागुन ३० गते सदनमा विश्वासको मत लिनेबारेमा पनि छलफल भएको पनि प्रक्रियामै रहेको खनालले बताए ।


प्रतिक्रिया