राष्ट्रियसभाको अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित

अर्थ समाचार

काठमाडौं । राष्ट्रियसभाको अध्यक्षमा नारायण प्रसाद दाहाल निर्वाचित भएका छन् । मंगलबार अध्यक्षमा दाहाललाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो । प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १७ मत परेको थियो ।
मतदानमा जम्मा ५६ जना सांसद उपस्थित थिए । नेपाली कांग्रेसका युवराज शर्मा भने पराजित भएका छन् । शर्माको पक्षमा १७ र विपक्षमा ३९ मत परेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट