`

शेयर बजारमा उत्साह, चार अर्बको कारोबार

Nepal One HD २९ फागुन २०८० १५:३५
अर्थ समाचार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार शेयर बजार नेप्सेमा उच्च अंकको बृद्धि भएको छ । मंगलबार नेप्से ५८.५८ अंकले बढेर २१११.२४ विन्दुमा कायम भएको छ। यसअघि साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक २२ अंकले बढेको थियो ।

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था,उन्नति सहकारी लघुवित्त वित्तीय,विन नेपाल लघुवित्त वित्तीय संस्था,स्वाबलम्बन लघुववित्त वित्तीय र जलपा सामुदायिक लघुवित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्षस्थानमा रह्यो।सो कम्पनीको ३७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो। सोनापुरको २४ लाख मूल्य बराबरको सेयर कारोबार हुँदा सन नेपाल लाइफ इन्स्योरेन्सले १६ करोड,हिमालयन रिइन्स्योरेन्सले १५ करोड र माउन्टेन इनर्जी नेपालले ११ करोड बढि मूल्य बराबरको सेयर कारोबार गरे।


प्रतिक्रिया