`

पोखरामा भाइरल बनेको दुर्घटनाग्रस्त बस

Nepal One HD १७ चैत २०८० १२:००
प्रमुख खबर

कास्की । जुनसुकै प्रकृतिको दुर्घटना जो कोहीका लागि दुख्द हुन्छ । दुर्घटनाको मानविय क्षती बढी भएमा सुन्नासाथ मानिस जो कोहीलाई दुःखी तुल्याउँछ ।

तर, शनीबार पोखरामा भएको बस दुर्घटनाले मानिसलाई दुःखी त बनाएको छ नै तर, दुर्घटना भएको बसको तस्बिर सामाजिक संजालमा भाइरल बनेको छ । पोखराको लेखनाथ अर्चलेमा भएको बस दुर्घटनामा चालक टीकाराम बिक र सहचालक सालिकराम सुवेदी घाइते भएका छन् ।

लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा आउँदै गरेको ग १ ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो । बसमा चालक र सहचालकमात्रै रहेकोले मानविय क्षती भने भएन । तर, दुर्घटना भएको बस भने बीच सडकमा ठाडै उभिएको छ । उक्त ठाडै उभिएको बसको तस्बिर र भिडियो सामाजिक संजालमा निकै भाइरल बनेको छ । बस कसरी दुर्घटना भयो र यस्तो अबस्थामा स्थिर रहन पुग्यो भन्ने चर्चा निकै छ ।


प्रतिक्रिया