नेपालद्वारा गुजरात पराजित

खेलकुद

काठमाडौ । आइसिसी टी–२० विश्वकप तयारीका लागि भारतमा रहेको नेपाली क्रिकेट टिमले भारतको स्टेट टिम गुजरातलाई पराजित गरेको छ । नेपालद्वारा गुजरात ८ विकेटले पराजित भएको हो । आइतबार गुजरातले दिएको ९९ रनको लक्ष्य नेपालले १५.२ ओभरमा २ विकेट गुमाएर पुरा गरेको हो ।
नेपालका कुशल भुर्तेलले १७ र आसिफ शेखले १६ रन बनाएर आउट भए । त्यसपछि आएका अनिलकुमार साहले नटआउट ३२ रन र कप्तान रोहितकुमार पौडेलले नटआउट ३३ रन जोडे । नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको भारतको रणजी टिम गुजरात १८.२ ओभरमा ९८ रन बनाएर अलआउट भएको थियो । बलिङमा नेपालका गुल्सन झाले ४ विकेट लिए । यस्तै, करण केसीले ३ विकेट लिए भने सोमपाल कामीले १ विकेट लिएका थिए । गुजरातमा सुरु सिरिजमा नेपालले गुजरात र बरोडासँग दुई–दुई वटा टी–२० खेल खेल्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट