आयरल्यान्ड ‘ए’ संग नेपालको ‘ए’ पराजित

खेलकुद

काठमाडौ । नेपाल ए पहिलो एकदिवसीय अभ्यास खेलमा आयरल्यान्ड ए सँग २१ रनले पराजित भएको छ । १५८ रनको सामान्य लक्ष्य पछ्याएको नेपाल २५.३ ओभरमा १३६ रन बनाउँदै अल आउट भएको हो । नेपालका साहब आलमले सर्वाधिक ३७ रन बनाए । देव खनालले २६, बसिर अहमदले २०, रजिन ढकाल नट आउट १२ रन बनाए । अरु ब्याट्सम्यानले दोहोरो रन बनाउन पनि सकेनन् ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ए ३८.३ ओभरमा १५७ रन बनाउँदै अल आउट भएको थियो । आयरल्यान्ड ए का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । कप्तान निल रकले ३२ बलमा २ चौका र ३ छक्कासहित ३९ रन बनाए ।
दोस्रो खेल शुक्रबार र तेस्रो खेल आइतबार हुनेछ । सिनियर टोलीसँगको दुई खेलको सिरिज आयरल्यान्डले २–० ले नै गुमाएको थियो । नेपाल ए सँगको तीन खेलको टी २० सिरिज २–१ ले जितेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट