`

नेप्सेमा २२ अंकको बृद्धि

Nepal One HD २५ चैत २०८० १७:०३
अर्थ समाचार

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजार नेप्से दोहोरो अङ्कले बढेको छ । नेप्से आइबार २२ दशमलव ७५ अङ्कले बढेर दुई हजार २६ दशमलव ८१ विन्दुमा पुगेको छ ।

आज होटल र व्यापारबाहेक सबै समूहको शेयर बढेकोमा फाइनान्स र विकास बैंक समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त र मानुषी लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेको दिन आज तारागाउँ रिजेन्सी होटलको शेयर भने १० प्रतिशतले घटेको छ ।

आज बजारसँगै कारोबार रकम पनि बढेको छ । एक करोड १२ लाख कित्ता शेयर चार अर्ब २५ करोड ६६ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको प्रमोटर शेयर ९५ करोड रुपैयाँमा कारोबार भएका छन् ।


प्रतिक्रिया