`

चन्द्रागिरि नगरपालिकाद्वारा आगलागी नियन्त्रण गर्न दमकलसहित नगरप्रहरी परिचालन

Nepal One HD २६ चैत २०८० २१:२१
प्रमुख खबर

काठमाडौँ, २६ चैत : चन्द्रागिरि नगरपालिकाले सतुङ्गलस्थित सशस्त्र प्रहरीको गोदाममा (स्टोर रुममा) लागेको आगलागी नियन्त्रणका लागि आफूसँग रहेको दमकल, नगरप्रहरीसहित अन्य सामग्रीमा प्रयोगमा ल्याइरहेको छ ।

नगरप्रमुख घनश्याम गिरीले आगलागी भएको घटना थाहा पाउना साथ आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल, नगरप्रहरी, अन्य सामग्री र स्थानीय पानी ट्याङ्करसहित स्थानीयवासी परिचालन भइराखेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “म अहिले आगलागी क्षेत्रमै छु, आगो नियन्त्रणका लागि दमकलसहित अन्य सामग्री प्रयोग भइराखेका छन् ।

आसपासमा घर सुरक्षित रहेका छन् । म स्थानीयवासीले पु¥याउनुभएको सहयोगलाई धन्यवाद दिन चाहन्छु ।” उहाँले आगो नियन्त्रणका लागि नगरपालिकाको दमकल सर्वप्रथम घटनास्थलमा पुगेको जानकारी दिनुभयो । नगरपालिकाका प्रशासकीय अधिकृत हेमराज अर्यालले आगो नियन्त्रणका तत्काल नगरपालिकाको दमकल पुगेको बताउनुभयो । अहिले नौ वटा दमकलसहित सुरक्षाकर्मी परिचालन गरिएको छ । आगो अझै नियन्त्रणमा आउन नसकेको बताइएको छ ।


प्रतिक्रिया