`

सुदूरपश्चिम नागरिक उन्मुक्तिको नौटंकी: मुख्यमन्त्रीमा कैलाश चौधरीको पनि दाबी पेस

Nepal One HD २ वैशाख २०८१ १६:२९
राजनीति

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्तिका कैलाश चौधरीले पनि दाबी पेस गरेका छन् । केन्द्रीय राजनीतिको सत्ता गठबन्धनमा रहेका दलहरूको समर्थनमा चौधरीले आइतबार मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

उनलाई माओवादी केन्द्र, नेकपा एमाले, नागरिक उन्मुक्ति र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ । बालुवाटरमा आइतबार बिहान बसेको नेताहरूको बैठकले सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीलाई मुख्यमन्त्री दिन औपचारिक सहमति भएको भएको थियो।

तर, नेपाली काँग्रेस, एकीकृत समाजवादी र राप्रपाको समर्थनसहित नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले पनि मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्।

यता, नागरिक उन्मुक्ति पार्टीबाटै कैलाश चौधरीले नागरिक उन्मुक्ति पार्टीको विधान दर्ता नभएको लगायतका कारण देखाउदै मुख्यमन्त्रीको दाबी पेस गरेका हुन्।

कैलाशको पक्षमा माओवादीका ११, एमालेका १० र एक जना स्वतन्त्र प्रदेश सभा सदस्यको समर्थन रहेको छ। उनले नागरिक उन्मुक्ति पार्टीका सात सदस्यको समेत समर्थन रहेको दाबी गरेका छन् । सुदूरपश्चिममा काँग्रेसका १८, माओवादीका ११, एमालेका १०, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक तथा एक स्वतन्त्र प्रदेश सभा सदस्य रहेका छन्।


प्रतिक्रिया